थप ६८० जना कोरोना संक्रमणमुक्त, ६ जनाको मृत्यु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ६०९ पटक पढिएको

पछिल्लो २४ घण्टामा थप ६८० जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३९१ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार संक्रमणमुक्तहुने दर ९७.०७ % रहेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३८५ र एन्टिजेन विधिबाट ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ । हाल नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार २८४ पुगेको छ । आज कसैले पनि कोरोन विरुद्दको खोप नलगाएको समेत स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार २९७ जना रहेका छन् । जसमध्ये ११ हजार २७८ जना होमआइसोलेसनमा, १ हजार १९ जना सस्थागत आइसोलेसनमा २९९  जना आईसीयू र ९८ जना भेन्टिलेटरमा रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित