एनआरएनएको निर्वाचन मङ्सिर १४ मा
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ११२ पटक पढिएको
३१ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन मङ्सिर १४ (नोभम्बर ३०) मा हुने भएको छ ।

यस अघि १०औँ महाधिवेशन तथा निर्वाचन २३ देखि २५ अक्टोबरमा गर्ने निर्णय भएको थियो । तर परराष्ट्रमा उजूरी परेपछि मन्त्रालयले संस्थाको निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया रोक्न पत्राचार गरेको थियो ।
एनआरएनएको प्रतिनिधि छनोटमा बिवाद भएपछि मन्त्रालयले निर्वाचन रोक्न निर्देशन दिएको हो ।
त्यस्तै एनआरएनएको भर्चुअल माध्यमबाट बसेको कार्यसमिति बैठकले वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप गर्ने निर्णय गरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस