थप ८४५ जना संक्रमणमुक्त, निको हुने दर ९७.०३ %

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ४४२ पटक पढिएको

पछिल्लो २४ घण्टामा थप ८४५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १४७ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार संक्रमणमुक्तहुने दर ९७.०३ % रहेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७७३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १३६  र एन्टिजेन विधिबाट ११  जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ । हाल नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार २७८ पुगेको छ । आज कसैले पनि कोरोन विरुद्दको खोप नलगाएको समेत स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ५९८ जना रहेका छन् । जसमध्ये ११ हजार ५४४ जना होमआइसोलेसनमा, १ हजार ५४ जना सस्थागत आइसोलेसनमा र ३०७  जना आईसीयू र ९७ जना भेन्टिलेटरमा रहेका छन् । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित