रुबी खान अस्पतालमा, न्याय नपाइ नेपालगञ्ज नजाने भनाई
- वर्ल्ड दैनिक
- २ साल अघि
- ५२८ पटक पढिएको
नौ दिनदेखि अनशनरत अधिकारकर्मी रुबी खानको स्वास्थ्य अवस्था कमजोर बनेसँगै उनलाई अस्पताल लगिएको छ । उनलाई धर्नास्थलबाट त्रिवि शिक्षण अस्पताल लगिएको हो ।
सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपछि छुटेकी उनले अनसन भने जारी राखेकी छन् । रुबीले दुबै घटनाको यथाशीघ्र छानबिन गर्न माग राखेकी छिन् । ‘अब न्याय नपाई नेपालगञ्ज नजाने!’ भन्ने उनको भनाई छ ।
सास फेर्न गाह्रो हुनुका साथै शरीरमा पानीको मात्रा कम भएपछि उनलाई अस्पताल लगिएको बताईएको छ । २० दिनदेखि हिँडेर आएकाले रुबीको खुट्टामा घाउ भएको र सो घाउको कारण समेत रुबीलाई असहज भएको बताइएको छ ।
बाँकेको नकुन्नी धोबी र निर्मला कुर्मीको मृत्युको घटनामा प्रहरीले गरेको अनुसन्धान चित्त बुझ्दो नभएको भन्दै उनीहरु न्यायको खोजीमा नेपालगञ्जबाट हिँडेर काठमाडौं आएका थिए ।
प्रतिक्रिया दिनुहोस