अफगानिस्तानको मस्जिदमा फेरी विस्फोट, १६ जनाको मृत्यु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३५६ पटक पढिएको

अफगानिस्तानको कान्दहार शहरस्थित एउटा मस्जिदमा विस्फोट हुँदा १६ जनाको मृत्यु भएको छ । शुक्रवारको साप्ताहिक प्रार्थनाका बेला विस्फोट भएको बताइएको छ । घटनामा ३२ जना घाइते भएको छ । 

गत शुक्रवार पनि उत्तरी शहर कुन्दुजस्थित शिया मस्जिदै विस्फोट हुँदा कम्तीमा ५० जना मारिएका थिए ।

स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार इमाम बारगाह मस्जिदमा विस्फोट भएको हो ।

विस्फोटको कारण अहिलेसम्म पत्ता नलागे पनि आत्मघाती हमलाकारीले विस्फोट गराएको हुन सक्ने आशङ्का गरिएको बिबिसीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित