सर्वोच्चको आदेश पछि रुबी थुनामुक्त

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ८०१ पटक पढिएको

 

सर्वोच्च अदालतको आदेशबाट महिला अधिकारकर्मी रुबी खान थुनामुक्त भएकी छिन् । सर्वोच्चले उनीमाथि लगाएको अभियोग प्रारम्भिक रुपमा पनि पुष्टि हुन नसकेको भन्दै थुनामुक्त गर्न र पुनः धरपकड नगर्न आदेश दिएको थियो ।

अधिवक्ता मोहना अन्सारीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले खानलाई बिहीबारनै सर्वोच्चले सहरजिष्ट्रारको रोहबरमा छाड्न आदेश दिएको थियो ।

सर्वोच्चले खानलाई थुनामुक्त गरेपछि पनि तत्काल पक्राउ नगर्न र उनको वैयक्तिक स्वतन्त्रतामा असर पुग्ने कुनै कार्य नगर्न समेत आदेश दिएको थियो । 

उनको नेतृत्वमा १६ जनाको टोली न्याय माग्दै असोज १ गते नेपालगञ्जबाट पैदलै काठमाण्डूको लागि हिडेका थिए । नेपालगञ्जबाट हिँडेको २० औँ दिनमा उनीहरु काठमाण्डू आइपुगेका थिए । असोज २२ गते धर्नाका लागि टोली माइतीघर मण्डलामा पुगेर शान्तिपूर्ण धर्नामा बसेका थिए । त्यसकै साँझ प्रहरीले सबै जनालाई नियन्त्रणमा लिएका थिए ।

असोज २३ गते बिहान रुबी खानबाहेक सबैलाई प्रहरीले माइतीघर मण्डलामै ल्याएर छाडेका थिए । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित