थप ८०४ जना कोरोना संक्रमणमुक्त, ८ जनाको मृत्यु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २८७ पटक पढिएको

 

 

पछिल्लो २४ घण्टामा थप ८०४ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४५५ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २१४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३९८ र एन्टिजेन विधिबाट ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसमध्ये सबैभन्दा धेरै काठमाडौँमा १ सय ४७ जना, ललितपुरमा ४९ र भक्तपुरमा २० जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण  ८ जनाको मृत्यु भएको छ । हाल नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार २६९ पुगेको छ । सोहि अवधिमा थप ४ हजार ७८४ जनाले खोप लगाएका छन् ।

त्यस्तै मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ८५३ जना रहेका छन् । जसमध्ये १२ हजार ७९१ जना होमआइसोलेसनमा, १ हजार ६२ जना संस्थागत आइसोलेसनमा, ३१० ना आईसीयू र १०५ जना भेन्टिलेटरमा रहेका छन् । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित