रुबीलाई आजै थुनामुक्त गर्न सर्वोच्चको आदेश

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २०१ पटक पढिएको

 

सर्वोच्च अदालतले अभियन्ता रुबी खानलाई आजै थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले  खानलाई बिहीबार नै सर्वोच्च अदालतक सहरजिष्ट्रारको रोहबरमा छाड्न आदेश दिएको हो।

अदालतले यसअघि पनि रुबीलाई २४ घण्टाभित्र अदालतमा शररीर उपस्थित गराउन प्रहरीलाई आदेश दिएको थियो । खानलाई प्रहरीले काठमाडौंको माइतीघर मण्डलाबाट पक्राउ गरी नेपालगञ्ज पुर्‍याइएको थियो। 

प्रहरीले पूर्वाग्रह राखी खानलाई पक्राउ गरेको समेत अदालतले ठहर गरेको छ । अधिवक्ता मोहना अन्सारीले रुबीका तर्फबाट दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा अदालतले उक्त सुनुवाई गरेको हो । 

खानलाई थुनामुक्त गरेपछि पनि तत्काल पक्राउ नगर्न र उनको वैयक्तिक स्वतन्त्रतामा असर पुग्ने कुनै कार्य नगर्न समेत सर्वोच्चले प्रहरीलाई आदेश दिएको छ । 

""

""

""

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित