आमनिर्वाचनका लागि जापानका प्रधानमन्त्रीले गरे प्रतिनिधिसभा विघटन
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १५९ पटक पढिएको

जापानका प्रधानमन्त्रीले आगामी आमनिर्वाचनका लागि प्रतिनिधिसभा विघटन गरेका छन् । जापानी अधिकारीहरूले बिहीबार बसेको संसदको बैठक लगत्तै संसद विघटन भएको बताएका हुन् ।
सत्तारुढ एलडिपी (लिबरल डेमोक्रेटिक पार्टी) को पार्टी अध्यक्षको निर्वाचन जितेपछि फुकिओ किशिदा यहाँकाे प्रधानमन्त्रीमा नियुक्त भएका थिए । त्यसलगत्तै उनले अर्को आमनिर्वाचनको तयारी थालेका हुन् । किशिदा जापानको प्रधानमन्त्रीमा नियुक्त भएको अक्टोबर ४ तारिखकै दिन उनले आफूले तुरुन्तै नयाँ निर्वाचनको तयारी थाल्ने बताएका थिए।
अब प्रतिनिधिसभाको कार्यकाल यही अक्टोबर २१ सम्म बाँकी छ । त्यसलगत्तै निर्वाचनको तयारी थालिने जनाएको छ । प्रधानमन्त्री किशिदाले जापानको आर्थिक मन्दीमा कारक रहेको महामारीको अन्त्य गर्ने र यसबाट क्षति पुगेको अर्थतन्त्रलाई राहात दिने कार्यक्रम ल्याएका बताएका छन् ।
प्रतिक्रिया दिनुहोस