दक्षिण कोरियामा रोजगारीका लागि जानेले १५ सय डलरसम्म साट्न पाउने

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १९६ पटक पढिएको

 

नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने कामदारलाई  १५ सय डलरसम्म सटही सुविधा दिएको छ । राष्ट्र बैंकले दक्षिण कोरिया जाने कामदारले क्वारेन्टिन बस्नुपर्ने गरी वैदेशिक विभागको पत्रका आधारमा १५ सय डलरसम्म सटही गर्न पाउने बताएको हो ।

अन्य देशमा वैदेशिक रोजगारीका लागि जाने कामदारलाई भने राहदानी बापत २ सय डलरभन्दा बढी सटही नदिन बैंकले निर्देशन दिएको छ ।

यो सटही सुविधा विद्युतीय कार्डको माध्यमबाट उपलब्ध गराउने केन्द्रीय बैंकले निर्देशन दिएको छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित