नर्वेमा तीर आक्रमण हुँदा ५ जनाको मृत्यु, २ जना घाइते
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ३८६ पटक पढिएको
नर्वेमा एक व्यक्तिले तीर आक्रमण गर्दा पाँच जनाको ज्यान गएको छ दुईजना घाइते भएका छन् । राजधानी ओस्लोदेखि दक्षिण-पश्चिममा पर्ने कोङ्ग्सबेर्गमा स्थानीय समय अनुसार साँझ ६ बजेर १३ मिनेटमा आक्रमण भएको प्रहरीले जनाएको छ।
नर्वेकी प्रधानमन्त्री अर्ना सोल्बर्गले घटना बीभत्स भएको बताएकी छिन् । आक्रमणमा परी मृत्यु भएका व्यक्तिको शव स्थानीय सुपरमार्केटमा भेटिएको थियो । ड्युटीमा नभएका एक जना प्रहरी अधिकारी पनि आक्रमणमा घाइते भएको र उपचार भइरहेको बीबीसीले जनाएको छ ।
सन्दिग्ध आक्रमणकारीलाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ । आक्रमणको अनुसन्धान जारी रहेको बताउदै उक्त घटनाको उद्धेश्य अहिलेसम्म थाहा नभएको प्रहरीले जनाएको छ ।
तस्बिर: रोयटर्स
प्रतिक्रिया दिनुहोस