च्याम्पियनसिपपछि राजिनामा दिने मुख्य प्रशिक्षक अब्दुल्लाहको घोषणा
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २३९ पटक पढिएको
नेपाल फाइनलमा प्रवेश गरे पछि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी

नेपाली फुटबल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने भएका छन् । उनले साफ च्याम्पियनसिपपछि आफू नेपाल नआई सोझै कुवेत फर्किने बताएका छन् ।
बुधबार बंगलादेशविरुद्धको खेलपछिको प्रेस कन्फरेन्समा प्रशिक्षक अल्मुताइरीले नेपाली टोलीको मुख्य प्रशिक्षकको रूपमा यो नै आफ्नो अन्तिम खेल हुने बताएका हुन् ।
अल्मुताइरीको प्रशिक्षणमानै बुधबार नेपालले ऐतिहासिक सफलता हात पारेको छ । नेपाललाई फाइनल पुग्न एक अंक चाहिएकोमा बंगलादेशलाई राउन्ड रोबिनको आफ्नो अन्तिम खेलमा १–१ को बराबरीमा रोकेको हो ।
प्रतिक्रिया दिनुहोस