पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा नेपाल

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ६३३ पटक पढिएको

 

नेपाल पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्समा बुधबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेलेपछि नेपालले फाइनलमा प्रवेश गरेको हो । 

पहिलो शंस्करणमा तेस्रो भएको नेपालले २०१८ मा सेमिफाइनलसम्म यात्रा तय गरेको थियो । यस अघि नेपाली  कहिल्यै फाइनलमा पुगेको थिएन  । 

मालेस्थित नेशनल स्टेडियममा भएको खेलका नेपालले नवौं मिनेटमानै गोल खाएको थियो । तर नेपालले अनितममा पेनाल्टी पाए संगै अञ्जन विष्टले नै सहजै गोल गरे । आज खेलमा ७ अंक जोडेको नेपाल फाइनलमा पुगे  भने बंगलादेश समूह चरणबाटै बाहिरिएको छ । 

अब उपाधिका लागि नेपालले भारत र माल्दिभ्स मध्ये एकसँग खेल्नेछ । यो दुई टोलीबीच समूह चरणकै अन्तिम खेल बुधबार हुनेछ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित