सरकारले सवारी दुर्घटनामा ज्यान गुमाउनेहरुको किरिया खर्च दिने

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १२६ पटक पढिएको

 

सरकारले सवारी दुर्घटनामा ज्यान गुमाउनेहरुको अन्तेष्टि र किरिया खर्च दिने भएको छ । आज गृहमन्त्रालयले एक विज्ञप्ति सार्वजनिक गर्दै ज्यान गुमाउनेहरुको किरिया खर्च दिने र घाइतेहरुको नि: शुल्क उपचार गराउने बताएको हो । 

साथै मृतकका परिवारलाई उचित राहतको व्‍यवस्था गरिने समेत मन्त्रालयले जनाएको छ । केहि दिन यता कास्की, मुगु लगायत स्थानमा भएको सवारी दुर्घटनाबाट भएको क्षतिले सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै सरकार उक्त व्यबस्था मिलाउने जनाएको छ । 

सडक दुर्घटनालाई न्यूनीकरण गर्नको लागि सडक तथा यातायात सम्बन्धित निकायहरुलाई यात्रुहरुको सुरक्षालाई प्राथमिकतामा राख्न समेत सरकारले अनुरोध गरेको छ । 

""

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित