थप ६०९ जना कोरोना संक्रमणमुक्त, ४ जनाको मृत्यु
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २५५ पटक पढिएको

पछिल्लो २४ घण्टामा थप ६०९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६७१ नमुनाको पीसीआर परीक्षण गर्दा ३२६ र एक हजार ९२३ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण ४ जनाको मृत्यु भएको छ । हाल नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार २६१ पुगेको छ ।
त्यस्तै मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार २६७ जना रहेका छन् । जसमध्ये १३ हजार १७२ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ९५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस