मुगु दुर्घटना : मृतक ३२ जनाकै सनाखत
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ४२१ पटक पढिएको

मुगुको छायानाथ गाउँपालिका ७ पिना खोलामा बस दुर्घटना हुँदा ज्यान गुमाउने सबैको शव सनाखत भएकाे छ । दुर्घटनामा मृत्यु भएका ३२ जनाकै शव सनाखत भएको प्रहरीले जनाएको हो ।
४६ जना सवार बस मंगलबार दिउँसो पौने २ बजे दुर्घटनामा परेको थियो । दुर्घटनामा १३ जना घाइते भएका थिए । उनीहरूको अहिले नेपालगञ्ज र जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको जनाइएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा ३६ वर्षीय दान बहादुर रावल (बस चालक), १९ वर्षीय लग्न सेजुवाल र उनका दुई बर्षिय छोरा, २० वर्षीय मनदेवी बम, १८ वर्षीय पुजा बुढा, २२ वर्षीय सन्तोष वितालु, २२ वर्षीय छाँता साउँद, २० वर्षीय सरिता खड्का, २२ वर्षीय कर्ण सिंह बुढा, २५ वर्षीय मनरूप कुमाल, २३ वर्षीय चन्द्रा देवी मल्ल, १९ वर्षीय राममाया भाम, १८ वर्षीय अम्मर साउँद, २२ वर्षीय प्रकाश बुढा, २९ वर्षीय अजय कार्की, ३२ वर्षीय कमला वि.सी. ( रावत ), २२ वर्षीय सुन बहादुर वि.क., १९ वर्षीय शिव बुढा, २१ वर्षीय अमृता शाही र उनको पाँच बर्षिय छोरा, २० वर्षीय रुपसिंह कार्की, २२ वर्षीय महेन्द्र शाही, ३३ वर्षीय भगवती चन्द, १६ वर्षीय सस्मिता बम, २२ वर्षीय प्रदिप स्वर्णकार, १८ वर्षीय चन्द्र प्रकाश भाम, १२ वर्षीय आदित्य विक्रम शाह, टोप बहादुर विष्ट, २३ वर्षीय आईत सिंह कामी, १८ वर्षीय वसन्त भण्डारी, १८ वर्षीय नविन बुढा छन् ।
बसको टायर पङ्चर भई दुर्घटना भएको खुलेको छ । दुर्घटना भएको बसको चालक बस्ने साइडतिरको टायर पङ्चर भई बस अनियन्त्रित भएको र बस पाँच सय मिटर तल खसेको बताइएको छ । चालकतिरको टायर च्यातिएको देख्दा टायर पङ्चर भएकै कारण बस दुर्घटना भएको अनुमान गरिएको छ ।