यस वर्षको मनसुन बाहिरियो
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ३२३ पटक पढिएको

देशभरबाट मनसुनी प्रणाली बाहिरिएको छ । असोज २२ गते बाट बाहिरिन शुरु गरेको मनसुनी प्रणाली हिजो देखि पूर्ण रुपमा बाहिरिएको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।
महाशाखाको अनुसार नौ दिन ढिलाइ गरे मंगलबार देखि सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश हुदै मनसुन बाहिरिएको हो ।
सरदरमा अक्टुवर २ का दिन नेपालबाट मनसुन बाहिरिने अनुमान गरिएको थियो । यस वर्ष ११५.५ प्रतिशत अर्थात १६२०.२ मिलिमिटर पानी परेको परेको छ । अघिल्लो वर्षहरुको तुलनामा यस वर्ष बढी बर्षा भएको महाशाखाले जनाएको छ ।
नेपालमा जेठ १५ देखि असोज १५ गते सम्मको चार महिनाको अवधिलाई मनसुन अवधि मान्ने गरिन्छ । यस वर्ष जेठ २८ गतेबाट मनसुनी भित्रिएको थियो । यो अघिल्लो वर्ष भन्दा दुई दिन अघि हो ।
प्रतिक्रिया दिनुहोस