मुगुमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ४०१ पटक पढिएको

 

सुर्खेत हुँदै मुगुका लागि गएको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको छ । २४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने बाकीं ८ जनाको उद्धार गरी विमानस्थल पुर्‍याउने क्रममामृत्‍यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटना गम्भीर घाइते भएका चारजना उपचारका क्रममा बाँकेको नेपालगन्ज मृत्यु भएपछि मृतकको संख्या ३२ पुगेको हो । 

घटनास्थलमा मृत्यु भएकामध्ये १६ जना पुरूष, ७ जना महिला र १ जना बालक छन् । नेपालगञ्जमा अहिले १२ जनाको उपचार भइरहेको प्रहिले जनाएको छ ।

३ जना गाडीबाट हाम फालेको र २ जना दुर्घटना हुनुभन्दा केही समय अघि ओर्लिएको प्रहरीले बताएको छ । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित