सन् २०२२ को फिफा विश्वकपमा छनाेट हुने पहिलो टोलि बने जर्मनी
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ४४३ पटक पढिएको

युराेपियन राष्ट्र जर्मनी कतारमा सन् २०२२ मा हुने फिफा विश्वकपमा छनाेट भएकाे छ । जर्मनी आगामी विश्वकपमा छनाेट हुने पहिलाे टोलि हो । यो संगै जर्मनी २० औं पटक विश्वकपमा छनाेट भएकाे छ ।
विश्वकपको युरोपियन छनोट अन्तर्गत गएराति भएकाे खेलमा नर्थ म्यासेडोनियालाई ४–० गोल अन्तरले पराजित गर्दै जर्मनी दुई खेल अगावै विश्वकपका लागि छनोट भएको हो ।
जर्मनीका लागि टिमाे वर्नरले दुई तथा काई हाभार्ट र जमल मुसिएलाले एक-एक गाेल गरेका थिए । समूह जे मा जर्मनीकाे ८ खेलबाट २१ अंक भएपछि शीर्ष स्थानमा रहेको छ ।
जर्मनी चारपटक विश्वविजेता बनिसकेका छन्।
प्रतिक्रिया दिनुहोस