"पाकिस्तानी परमाणु बमका पिता" को निधन
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ३९५ पटक पढिएको
"पाकिस्तानी परमाणु बमका पिता" मानिने डा. अब्दुल कादिर खानको ८५ वर्षको उमेरमा निधन भएको छ । एक्यू खानका नामले चिनिने उनले इस्लामाबादनजिकै कहुटामा पाकिस्तानको पहिलो परमाणु केन्द्र स्थापना गर्न प्रमुख भूमिका खेलेका थिए ।

पाकिस्तानलाई परमाणु हतियार भएको विश्वको पहिलो इस्लामिक देश बनाउन गरेको योगदानका लागि उनलाई राष्ट्रिय नायक मानिन्छ। पाकिस्तानको प्रधानमन्त्री इमरान खानले पाकिस्तानले राष्ट्रिय विभूति गुमाएको बताएका छन् ।
उनीमाथि उत्तर कोरिया र इरानलाई परमाणु हतियारका गोप्य जानकारी दिएको आरोप पनि लगाइन्छ । सन् २००४ मा उनलाई इरान, लिबिया र उत्तर कोरियालाई गैरकानुनी रूपमा परमाणु प्रविधिबारे जानकारी दिएको आरोपमा गिरफ्तार गरिएको थियो। उनलाई तत्कालीन राष्ट्रपति परवेज मुसर्रफले माफी दिए पनि सन् २००९ सम्म उनी घरमै नजरबन्दमा राखिएका थिए ।
तस्बिर : एएफपी