गण्डकीमा डोबाटे विश्वकर्मा मन्त्री नियुक्त

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३०६ पटक पढिएको

 

गण्डकी प्रदेशका कांग्रेस सांसद डोबाटे विश्वकर्मा मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शपथग्रहण गर्न बोलाएको उनको भनाई छ । 

उनलाई बिना विभागीय मन्त्री नियुक्त गरिएको बताइएको छ । डोबाटेको नियुक्तसँगै गण्डकी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित १२ सदस्यीय मन्त्रपरिषद् भएको छ ।

कांग्रेस सांसद डोबाटे तनहुँका हुन् । यसअगाडि मन्त्री बन्ने चर्चामा रहेर अन्तिममा नाम उनको नाम काटिएको थियो ।  त्यस समय उनि दलित  भएकै कारण नाम काटिएको बताइएको थियो । उनको नाम काटेर व्यवसायी पृष्ठभूमिका सांसद बिन्दुकुमार थापालाई मन्त्री बनाइएपछि यस विषयलाई लिएर कांग्रेसभित्र र बाहिरसमेत निकै आलोचना भएको थियो । 

प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा भ्रमणमा रहेका वेला दोबाटेलाई मन्त्री बनाउने पक्कापक्की भएको बताइएको छ ।

 

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित