विवाद पछि एनआरएनए को १० औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १८७ पटक पढिएको

 

गैर आवासीय नेपाली संघ (एनआरएनए) को १० औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ । आगामी अक्टोबर २३-२५ मा संघको दशौं अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुने भएको थियो । आइतबार भर्चुअल रुपमा सम्पन्न अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । 

अब परराष्ट्र मन्त्रालयसँग समन्वय गरी नयाँ मिति तय गरिने संघले जनाएको छ । संघको अनुसार ६ महिनाभित्र निर्वाचन गर्नेगरी सम्मेलन स्थगन गर्ने निर्णय भएको हो । 

एनआरएनएमा अध्यक्षका प्रत्यासी कूल आचार्य समूहले प्रतिनिधि चयनमा विवाद रहेको दावी गर्दै परराष्ट्रमा उजुरी दिएको थियो । प्रतिनिधि चयन लगायतका विषयमा उजुरी परेपछि परराष्ट्र मन्त्रालयले दुई पटक सम्म पत्र काटेर विवादको टुंगो नलागेसम्म निर्वाचन नगर्न पत्राचार गरेको थियो । परराष्ट्रले ६५% महाधिवेशन प्रतिनिधि नयाँ वा पुरानो कार्यसमिति कसले छान्ने विधानमा उल्लेख नभएकोले पूर्वअभ्यास अनुसार गर्ने भनी उल्लेख गरेको थियो ।

सबै प्रक्रिया पुरा गरेरमात्रै निर्वाचन गर्न मन्त्रालयले निर्देशन दिएको छ । संघको संस्थापन समूहले भने परराष्ट्रले अनावश्यक हस्तक्षेप परेको भन्दै असन्तुष्टि जनाउँदै आएको छ । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित