नेपालमा कोरोना सङ्क्रमण ६० प्रतिशतले घटे
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २५३ पटक पढिएको

नेपालमा कोरोना भाइरसको सङ्क्रमण ६० प्रतिशतले घटेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालये एक महिनाका बीचमा ६० प्रतिशतले सङ्क्रमण घटेको जनाएको हो ।
मन्त्रालयका अनुसार भदौको पहिलो साता ४० हजार ३३८ जना सक्रिय सङ्क्रमित रहेकामा अहिले असोजको पहिलो साता त्यो सङ्ख्या १५ हजार ९४२ पुगेको छ । सङ्क्रमणमा उल्लेख्य कमी देखिएका कारणमध्ये कोरोना भाइरस विरुद्धको खोपको पनि योगदान रहेको मन्त्रालयले जनाएको छ ।
अहिले कूल परीक्षणमा ७ प्रतिशत मात्र सङ्क्रमण देखिने गरेको मन्त्रलायले जनाएको छ । नेपालमा सङ्क्रमण दर १८.७ प्रतिशत र सङ्क्रमणमुक्त हुने दर ९६.७ प्रतिशत रहेको छ ।
नेपालमा अहिलेसम्म सङ्क्रमणमुक्त हुने नागरिक सात लाख ७५ हजार ७२ जना छन् । सङ्क्रमणबाट ११ हजार २२१ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस