रुबीलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ५४६ पटक पढिएको

 

काठमान्डूको माइतीघर मण्डलाबाट शुक्रबार राति पक्राउ परेकी रुबी खानलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन प्रहरीलाई सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाई गर्दै महानगरीय प्रहरी वृत्त लैनचौरलाई कारण देखाऊ आदेश जारी गरेको हो ।

पक्राउपछि रुबीको अवस्था अज्ञात भएको भन्दै अधिवक्ता मोहना अन्सारीले निवेदन दिएका थिए ।

घरेलु हिंसापीडित महिलालाई न्याय माग गर्दै नेपालगञ्जदेखि पैदल यात्रा गरेर काठमाडौं आएका टोली माइतीघरमा धर्नामा बसेको थियो । रुबीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेपछि उनको अवस्था सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शनसमेत भैरहेको छ । प्रहरीले उनलाई नेपालगञ्ज पठाएको बताईएको छ ।

रुबी सहित नेपालगञ्जबाट १४ महिला २० दिनको पैदल यात्रा गरी गत बुधबार राति न्याय माग्न भन्दै काठमाडौं आइपुगेका थिए ।

""

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित