रुपन्देही झडप : जिल्ला प्रशासनद्वारा कर्फ्यू आदेश जारी

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १३३ पटक पढिएको

 

रुपन्देहीको बुटवल उपमहानगरपालिका-१४ मोतिपूरमा औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूह र प्रहरीबीच झडप भएको छ । प्रशासनले अतिक्रमण भएको औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा तनावको स्थिति सिर्जना भएको बताईएको छ । 

औधोगिक क्षेत्रमा टहरा बनाएर बसेकाहरु दुई हजार स्थानीय प्रदर्शनमा उत्रिएका बताएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर, अश्रुग्यास र गोलि सम्म प्रहार गरेको बताईएको छ । गोली चल्दा सुरक्षाकर्मीसहित ६ जना घाइते भएका छन् ।

प्रशासनले त्यस क्षेत्रमा भएको  कब्जा हटाउन आइतबार बिहानैदेखि ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो । रुपन्देहीको बुटवल र आसपासका स्थानीय तह जोडेर २०७२ सालमा सरकारले औधोगिक क्षेत्र घोषणा गरेको थियो ।

कर्फ्यू आदेश जारी 

यसै बीच जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कर्फ्यू आदेश जारी गरेको छ । सुरक्षा व्यवस्था कडा बनाए पनि स्थिति नियन्त्रणभन्दा बाहिर जानसक्ने जोखिम बढेको भन्दै प्रशासनले आइतबार दिउँसो ४ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू जारी गरेको हो ।

""

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित