ग्वाटेमालाको एक कन्टेनरमा नेपाली सहित १२६ जना आप्रवासीको उद्धार

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ३८३ पटक पढिएको

 

ग्वाटेमालामा सडक छेउको कन्टेनरमा अलपत्र छाडिएका १२६ जना आप्रवासीलाई प्रहरीले उद्धार गरेको छ । कन्टेनरभित्र चिच्याएको स्थानीयहरूले सुनेपछि बिहानको समयमा उनीहरूको उद्धार गरिएको बताइएको छ ।

उनीहरूलाई मेक्सिको हुँदै अमेरिका पुर्‍याउनका लागि रकम असुलेका मानव तस्करहरूले त्यहाँ छोडेको हुनसक्ने सरकारी निकायहरूको विश्वास गरेको बिबिसीले जनाएको छ । उनीहरु १२६ मध्य १०० भन्दा बढी राजनीतिक सङ्कटमा फसेको हेइटीका नागरिक छन् । नेपाल र घानाका नागरिक पनि कन्टेनरमा रहेको बताइएको छ । यस बर थप विवरण आउन बाकी रहेको जनाएको छ । 

उद्धारपश्चात् प्रतिक्रिया जनाउँदै एक प्रहरी प्रवक्ताले, कन्टेनरबाट कराएको र भित्ता बजारेको आवाज सुने पछि ढोका खोल्दा आधिकारिक कागजात नभएका १२६ मानिस फेला परेका बताएका छन् । 

त्यस्तै ग्वाटेमालाको आप्रवासन सम्बन्धी निकायकी प्रवक्ता आलेखान्द्रा मेनाले ती आप्रवासीहरू होन्डुरस पुगेको र त्यहाँबाट असुरक्षित रूपमा उत्तर हुँदै अमेरिका तर्फ अघि बढेको बताएकी छन् । उनीहरूलाई होन्डुरसको सीमामा पुर्‍याएर त्यहाँका निकायहरूलाई जिम्मा लगाइने जनाइएको छ ।

 

तस्बिर : पीएनसी डे ग्वाटेमाला

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित