चर्को आलोचना पछि उद्योग मन्त्रीले दिए राजीनामा
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १८७ पटक पढिएको
नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिएका छन् । आफूले स्वविवेक प्रयोग गरेको र विवादमा नफस्ने भन्दै राजीनामा दिएको उनको भनाई छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको भनेर उनि विवादमा तानिएका थिए। उनले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझेका हुन् ।
मन्त्रिपरिषद्मा प्रधानन्यायाधीश जबराको ‘कोटा’ मा हमाललाई मन्त्री बनाइएको भन्दै चौतर्फी विरोध भैरहेको थियो । विवादमा आएपछि प्रधानमन्त्री देउवाले पनि उनलाई राजीनामा दिन भनेको बताईएको छ ।
बाँके कांग्रेसका पूर्वसभापति रहेका उनी गैरसांसद हुन् । उनी नाताले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका जेठान हुन् । मन्त्रि बने लगत्तै उनको र प्रधानन्यायाधीश राणाको चर्को आलोचना भैरहेको थियो । उनी गएको शुक्रबार मात्र मन्त्री नियुक्त भएका थिए ।
तस्बिर: उद्योग मन्त्रालय