चितवन टाईगर्सले जिते ईपीएल २०२१ को उपाधि

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १८५ पटक पढिएको

 

चितवन टाईगर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै चितवन पहिलो पटक उपाधि जितेको हो ।

विजेता चितवनले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता पोखराले १५ लाख रुपैयाँ प्राप्त गरेको छ । त्यस्तै प्लेअर अफ दि टुर्नामेन्ट भीम सार्की घाेषित भए । उनले लिगमा १९६ रन बनाएका थिए । उनी सर्वाधिक रन बनाउनेमा दाेस्राे स्थानमा रहे भने उनले २ अर्धशतक प्रहार गरेका थिए ।

त्यसै गरि डेयर टु ड्रिम अवार्ड चितवन टाइगर्सकै कमल सिंह ऐरीले पाए । चितवनकै सागर ढकाल म्यान अफ दि सिरिज घाेषित भए भने उनले पल्सर माेटरसाइकल पनि प्राप्त गरे । उनले लिगभर सर्वाधिक १४ विकेट लिएका थिए । 

पोखराले दिएको ११२ रनको सामान्य लक्ष्य चितवनले ६ विकेटको क्षतिमा १५.५ ओभरमा पूरा गरेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित