अफगानिस्तान सम्मेलनमा तालिबानलाई रुसको निम्तो

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ३३३ पटक पढिएको

 

रुसले अफगानिस्तानको मुद्धामा आगामी अक्टोवर २० मा हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा तालिवानलाई निम्तो गर्ने भएको छ । रुसले आयोजना गरेको सो सम्मेलनमा राष्ट्रपति भ्लाद्मिर पुटिनले तालिवानका विशेष प्रतिनिधि नेतालाई निम्तो दिने रुसी समाचार एजेन्सीका प्रतिनिधि जामिर काब्लोभले जानकारी दिएका छन् । 

रुसले गत मार्चमा अफगानिस्तान मुद्धाबारे अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो । सो सम्मेलनमा रुस, अमेरिक, चीन र पाकिस्तानले संयुक्त विज्ञप्ती जारी गर्दै अफगानिस्तानको युद्ध अन्त्य गर्ने र शान्ति सम्झौता गर्न आह्वान गरेका थिए ।

यहि अक्टोवर १२ मा हुन लागेको जी २० सम्मेलनमा अफगानिस्तानमा मानविय सहायताबारे छलफल गरिने र राजधानी मस्कोको सम्मेलनमा सोहिअनुसार वार्ताअघि बढाइने बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित