अफगानिस्तानको एक मस्जिदमा आक्रमण हुँदा ५० जनाको मृत्यु
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ४१७ पटक पढिएको
अफगानिस्तानको कुन्दुजमा रहेको एउटा मस्जिदमा प्रार्थनाको समयमा भएको आत्मघाती आक्रमणमा ५० जनाको मृत्यु भएको छ । आक्रमणमा अन्य एक सय जनाभन्दा धेरै घाइते भएका छन् । तालिबान प्रवक्ता जाबिहुल्लाह मुजाहिदले शिया धर्मावलम्बीको मस्जिदमा विस्फोट भएको बताका हुन् ।

गएको अगस्टमा तालिबान समूहले अफगानिस्तान कब्जा गरेपछि सुरक्षा अवस्था कमजोर बनेको बताईएको छ । शुक्रबार भएको आक्रमणलाई तालिबानले अफगानिस्तान कब्जा गरे पछिको सबैभन्दा ठूलो आत्मघाती हमला बताईएको छ ।
स्लामिक स्टेटले उक्त आक्रमणको जिम्मेवारी लिइसकेका छन् । मस्जिदमा ३ सय बढी व्यक्ति नामाज पढिरहेका बताईएको छ । घटनामा मर्नेहरुको संख्या अझै बढ्न सक्ने बीबीसीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस