चाडपर्व लक्षित खसी-बोका बिक्री सुरु

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ५०३ पटक पढिएको

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि चाडपर्व लक्षित सहुलियत मूल्यमा खसी-बोका बिक्री गर्न सुरु गरेको छ ।   कम्पनीले यो वर्ष खसी-बोकाको मूल्य प्रतिकिलो ६५० निर्धारण गरेको बताईएको छ । जसमा प्रतिकिलो १० रुपैयाँ छुटको व्यवस्था गरिदै उपभोक्तालाई प्रतिकिलो ६४० पर्ने छ । गत वर्ष कम्पनीले प्रतिकिलो ५५० मा खसी-बोका बिक्री गरेको थियो ।

यता मासु व्यवसायीले भने दसैंका लागि खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरिसकेका छन् । राष्ट्रिय मासु व्यवसायी संघले फूलपातीका दिनदेखि लागू हुने गरी काठमाण्डू उपत्यकासहित देशभर खसी, बोका, कुखुरा र राँगाको मासुको मूल्य निर्धारण गरिएको थियो ।

जसअनुसार आन्द्राभुडी राखिएको मासु प्रतिकिलो एक हजार रुपैयाँ, बोसो राखिएकाको एक हजार २०० रुपैयाँ र ह्याकुलासहित रोजाइ (ग्राहकले रोजेअनुसार)को मूल्य एक हजार ३०० रुपैयाँ छ । यस्तै, कुखुराको मासु प्रतिकिलो ३०० रुपैयाँ तथा राँगा र बङ्गुरको मासु पाँच/पाँच सय रुपैयाँ तोकिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित