हातैले टेकेर मनास्लु हिमालको सफल आरोहण

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २२० पटक पढिएको

रुसी नागरिक रुस्तम नविभले हातैले टेकेर मनास्लु हिमालको आरोहण गरेका छन् । गत अक्टोबर २ मा पाँच जना शेर्पासहित उनी ८,१६३ मिटर अग्लो मनास्लु हिमालको चुचुरोमा पुगेका थिए ।

यसअघि युरोपको सबैभन्दा अग्लो माउन्ट एल्ब्रस चढिसकेका उनले आत्मविश्वासले कठिन लडाइँ जित्न सकिने उदाहरण बन्न पाएकोमा गौरव लागेको बताएका छन् । अहिले रुस्तमलाई विश्वभरबाट मानिसहरूले बधाइ र हौसला दिइरहेका छन् ।

उनले सन् २०१५ मा सैनिक ब्यारेक भत्किँदा दुवै खुट्टा गुमाएका अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । उनि अहिले रसिया फर्किसकेका छन्। 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित