नोबेल शान्ति पुरस्कार : पत्रकारद्वय रेसा र मुरोटोभलाई

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १५८ पटक पढिएको

 

यस वर्षको नोबेल शान्ति पुरस्कार पत्रकारद्वय फिलिपिन्सकी मारिया रेसा र रुसका डिमिट्री एन्ड्रियेभिक मुरोटोभलाई दिइने भएको छ । उनीहरु दुवैले अभिव्यक्ति स्वतन्त्रताको रक्षाको लागि गरेको प्रयासलाई सम्मान गर्दै नोबेल शान्ति पुरस्कार प्रदान गरिन लागेको हो ।अभिव्यक्ति स्वतन्त्रता प्रजातन्त्र र दीगो शान्तिको पूर्व शर्त रहेको कमिटीले बताएको छ ।

शुक्रबार नर्वेजियन नोबेल कमिटीले उनीहरुलाई संयुक्तरुपमा यो पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । मारिया रेनाले फिलिपिन्समा सरकारको शक्ति दुरुपयोग, हिंसाको प्रयोग र अधिनायकवादविरुद्ध अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गरेकी थिइन् । 

डिमिट्री मुराटोभले पनि लामो समयदेखि चुनौतीपूर्ण अवस्थामा पनि रुसमा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा लड्दै आएका छन् । सुरुआतदेखि नै नोभाजा गाजेटाले आलोचनात्मक आलेखहरु प्रकाशित गर्ने गरेको थियो । जसमा भ्रष्टाचार, प्रहरी हिंसा, अवैध पक्राउ, निर्वाचनमा धाँधलीजस्ता विषयलाई प्राथमिकतामा पर्थे । नोभाजा गनजेटालाई लक्षित गरी रुसमा दुव्र्यवहार, धम्की, हिंसा र हत्यासम्मका घटना भएका छन् । पत्रिका सुरु भए पछि मात्र यो पत्रिकाका ६ जना पत्रकार मारिइसकेका छन् । 

 

तस्बिर : गेट्टी ईमेज 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित