इन्डोनेशियामा प्लास्टिकको संग्रहालय
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ४३२ पटक पढिएको

विश्वव्यापी प्लास्टिक संकटको गम्भीर अवस्थाबारे सन्देश दिन इन्डोनेशियाका वातावरण संरक्षणवादीहरुले पूर्ण रुपमा प्लास्टिकले बनेको संग्रहालय सार्वजनिक गरेका छन् । यसमा १० हजार भन्दा बढी प्लास्टिकजन्य फोहोरको प्रयोग गरिएको छ । पूर्वजाभाको ग्रेसिक शहरमा गरिएको यो ‘आउट–डोर’ प्रदर्शनी निर्माण गर्नै तीन महिना लागेको थियो ।
यसले मानिसहरुलाई एकपटक मात्र प्रयोग गर्न सकिने, ‘सिंगल युज प्लास्टिक’ का झोला या बोतलहरुबारे पुनः विचार गरि आफ्नो प्लास्टिकको प्रयोग कम गर्ने उनीहरुको लक्ष्य रहेको छ ।
प्लास्टिकका बोतलदेखि झोला, स्ट्र, प्याकेटका खोल लगायत खोला र समुद्र किनारबाट संकलिन सबै किसिमका प्लास्टिकजन्य फोहोरले यो संग्रहालय बनाइएको सीएनएनले जनाएको छ ।
म्युजियमकी संस्थापक प्रिगी अरिसान्दीले मानिसहरुलाई एकपटक मात्र प्रयोग हुने प्लास्टिक नचलाउन सचेत गराउन सो संग्रहालयबनाएको बताईएकि छिन् । सीएनएन सँग कुरा गर्दै उनले प्लास्टिकले हाम्रो समुद्र धेरै जीवको खानको स्रोत रहेको बताउदै समुद्र सफा राख्नु पर्ने बताएकी छिन् ।
समुद्रमा प्लास्टिकजन्य फोहोर सबैभन्दा बढी हुनेमा यो चीन भन्दा एक स्थान मात्र तल रहेको छ । यससँगै फिलिपिन्स र भियतनाममा पनि समुद्रामा प्लास्टिकजन्य फोहोरको मात्रा अत्याधिक बढिरहेको छ ।
तस्बिर: रोयटर्स