बेलायतमा लागेको यात्रा प्रतिबन्द फुकुवा

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ३५० पटक पढिएको

 

कोरोना महामारीका कारण विश्वका धेरै देशलाई यात्रामा प्रतिवन्धित गरि रातोसूचीमा राखेको बेलायत सरकारले नेपाललाई हटाएको छ । बेलायत सरकारले बिहीबार एक सूचना जारी गर्दै परिवर्तित नियम आउँदो ११ अक्टोबर(असोज २५ गते) सोमबार बिहान ४ बजेदेखि लागू गरिने जनाएको छ । 

सरकारको नयाँ घोषणाले अब बेलायत घुम्न (भिजिट भिसा) आउन पनि खुल्ला भएको छ । यसअघि नेपाल लगायत ५४ वटा मुलुक बेलायत सरकारले रातो सूचिमा राखेका थिए । अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमितरूपमा हेरेफेर गर्ने तालिकाअनुरुप बेलायत सरकारले बिहीबार नेपाललगायत ४७ देशलाई आफ्नो रातोसूचीबाट हटाएको हो । अन्य सात देश रातोसूचीमै छन् । 

ब्रिटिस यातायात मन्त्री ग्रान्ट साप्सले नयां नियमहरु ब्रिटेनमा अन्तर्राष्ट्रिय यात्रा खुला गर्ने दिशामा ‘एउटा नयाँ पाइला’ भएको बताएका बीबीसीले जनाएको छ । दक्षिण एसियामा नेपालमात्र ‘रेड लिस्ट’ मा रहँदा बेलायतस्थित विभिन्न नेपाली संघ संस्थाले सूचीबाट नेपाललाई हटाउन ब्रिटिस सरकारसँग अपिल गरेका थिए । यसै बीच नेपालका लागि ब्रिटिश राजदूतले पनि नेपाल ‘रेड लिस्ट’ बाट हटेकोमा ट्विटरमा खुशी व्यक्त गरेकी छन्।

प्रमुख चाड दशैँ तथा तिहारको मुखैमा नेपाल ‘रेड लिस्ट’ बाट हट्ने समाचार सार्वजनिक भएपछि ट्राभल व्यवसायीहरू पनि उत्साहित भएका छन् । यात्रा प्रतिबन्धका कारण नेपालमा रोकिएका धेरै भूतपूर्व गोर्खा सैनिक परिवारलाई पनि अब बेलायत आउन सहज हुने गोर्खा भूतपूर्व सैनिक संघले जनाएको छ । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित