पछिल्लो २४ घण्टामा ८०५ जनामा कोरोना संक्रमण, ९११ संक्रमणमुक्त

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २३८ पटक पढिएको

 

पछिल्लो २४ घण्टामा नेपालमा ८०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर ८०५ जना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा ७ हजार २६४ जनाको पीसीआर र ३ हजार ४०८ जनाको एन्टिजेन गरि १० हजार ६७२  जनाको कोरोना परीक्षण गरिएको थियो ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको संख्या ११ हजार २०० पुगेको छ । त्यस्तै सोही अवधिमा थप थप ९११ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

""

मन्त्रालयले बुधबारसम्म देशभर ६४ लाख १९ हजार ४८० नागरिकले पूर्ण मात्रा खोप लगाएको बताएको छ । हालसम्म २९.५ प्रतिशत नागरिकले पूर्ण मात्रा खोप लगाएका छन् । मन्त्रालयका अनुसार आगामी असोज मसान्तसम्म कूल जनसंख्याको ३३ प्रतिशत नागरिकलाइ खोप लगाउने योजना रहेकाे समेत बनाएको छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित