पाँचथर जिल्ला अस्पताल : आकस्मिकबाहेक सबै सेवा ठप्प

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २०५ पटक पढिएको

 

पाँचथर जिल्ला अस्पतालले, अस्पतालमा तोडफोड गर्नुका साथै चिकित्सकलाई अभद्र व्यवहार गरेको भन्दै आजदेखि आकस्मिकबाहेक सबै सेवा ठप्प पारेको छ । 

पाँचथर अस्पतालमा उपचाररत तीन वर्षीया बालिका क्रिस्टिना थाम्सुहाङको मृत्यु भए पछि स्थानीयले अस्पताल तोडफोड गरेका थिए। ज्वरो आएपछि २ दिनअघि अस्पताल भर्ना भएकी क्रिस्टिनाको वुधबार बिहान चिकित्सकले सुई लगाइदिएलगत्तै निधन भएको बताईएको छ । 

चिकित्सकको लापरवाहीले उनको मृत्यु भएको भन्दै उनको आफन्तले बुधबार दिउँसो शव उठाएका थिएनन् । घटना छानबिनको माग गर्दै मृतकका आफन्तले  राति अस्पताल परिसरमा ढुंगामुढा प्रहार गर्दै अस्पतालका भौतिक संरचनामा क्षति पुर्‍याएका थिए ।

सो घटनाको प्रकरणको छानबिनका लागि ५ सदस्यीय छानबिन समिति गठन भएको छ । समिति गठनपश्चात अन्त्येष्टि गर्न ४० हजार रुपैयाँ उपलब्ध गराउन स्थानीय प्रशासन सहमत भएसँगै मृतकको शव पोस्टमार्टम गर्न अविभावक पनि सहमत भएका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित