सार्वजनिक सवारी साधनको भाडा बढ्यो
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ४४४ पटक पढिएको
काठमाण्डू उपत्यकासहित वाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि भएको छ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले बुधबार भाडामा वृद्धि गरेको हो । मन्त्रालयले कात्तिक १ देखि सो भाडा लागू हुने जनाएको छ ।
प्रदेश सरकारले काठमाण्डू उपत्यका बाहिरको हकमा २३ प्रतिशतले भाडा वृद्धि गरिएको छ । काठमाण्डू उपत्यकाको हकमा भने किलोमिटरका आधारमा भाडा बढाएको छ।
जसअनुसार अब काठमाण्डू उपत्यकामा सार्वजनिक यातायात चढ्नासाथ १८ रुपैयाँ भाडा लाग्नेछ । यो भाडादर ५ किलोमिटरसम्म लागू हुनेछ । १० किमिसम्म २३ रुपैयाँ, १५ किमिसम्म २७ रुपैयाँ, २० किमिसम्म ३० रुपैयाँ र २० किमिभन्दा माथि ३५ रुपैयाँ भाडा लाग्ने छ ।
यो भाडादरमा यात्राुले १५ केजीसम्म निःशुल्क र त्यसमाथि १० केजीसम्म प्रतिकेजी ५ रुपैयाँका दरले सरसामान वा गुन्टा लैजान पाउने समेत मन्त्रालयको निर्णय छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको २०७८ असार २७ को मन्त्रीस्तरको निर्णयानुसार यातायात व्यवस्था विभागबाट २०७८ असार २९ गते अन्तर प्रदेश रुटको भाडा समायोजन गरेर प्रदेशभित्र सञ्चालन हुने छोटो रुटको हकमा प्रदेश सरकारबाट नै भाडा समायोजन गरिनुपर्ने कानुनी व्यवस्था गरेको थियो ।