खानेपानीका संकट विश्वमा झन् बढ्ने डब्लुएमओको आशंका

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २४८ पटक पढिएको

 

विश्वमा खानेपानीका संकट उत्पन्न हुनसक्ने संयुक्त राष्ट्रसंघीयको एक एजेन्सीले जनाएको छ । संयुक्त राष्ट्रसंघीय मौसम विज्ञानसम्बन्धी एजेन्सी (डब्लुएमओ)ले  विश्वमा हाल जलवायु परिवर्तनसम्बन्धी समस्या देखिएको र यसका कारणले गर्दा विश्वमा खानेपानीका साथै पानीजन्य समस्या झन् बढ्ने आशंका गरेको हो ।

एजेन्सीले गरेको एक विश्वव्यापी अनुसन्धानबाट सन् २०१८ मा मात्र विश्वका करिब साढे तीन अर्ब मानिसलाई कम्तीमा पनि एक महिना खानेपानीको अभाव भएको पाइएको थियो। एजेन्सीले आगामी सन् २०५० सम्ममा विश्वका करिब पाँच अर्ब मानिसले यस्तो समस्या झेल्नुपर्ने अवस्था रहेको पनि सो संस्थाको अनुसन्धानबाट देखिएको छ ।

एजेन्सीले बाढी, खडेरी तथा खानेपानीको अभावका कारण  विश्वमा धेरै नागरिक समस्यामा पर्नसक्ने जनाएको छ । अहिले पनि विश्वका मानिसहरु यस्ता समस्याबाट सताइएका तथा खानेपानीको अभावमा परेका देखिएको छ।

एजेन्सीको अनुसन्धानबाट गएको २० वर्ष यतादेखि  जलवायु परिवर्तनको प्रभावका कारणले यस्ता समस्याहरु प्रत्येकवर्ष बढ्दै गएको पाइएको देखिएको छ । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित