सांसदहरुको दशैं भत्ता बन्द

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ५२१ पटक पढिएको

 

चौतर्फी आलोचना पछि संघीय संसद् सचिवालयले यसपटक सांसदहरुको दशैं भत्ता बन्द गरेका छन् । सचिवालयले मंगलवार दशैं भत्ताविनै असोज महिनाको तलब सांसदको खातामा पठाएको हो । 

संसद् सचिवालयले असोज महिनाको तलबबापत सांसदलाई समग्रमा २ करोड ९८ लाख ४६ हजार र सांसदका पीएलाई १ करोड ४३ लाख ७४ हजार निकासा गरेको छ । बैठक भत्ता र यातायात खर्चबाहेक सांसदहरूले मासिक ६६ हजार ७० रुपैयाँ पाउँछन् । 

मन्त्रिपरिषद् बाट निर्णय नभएको र अर्थ मन्त्रालयबाट बजेट पनि नआएकाले असोज महिनाको तलब मात्र सांसदको खातामा पठाएको संघीय संसद् सचिवालयका प्रमुख लेखा नियन्त्रक वसन्त सिग्देलले जानकारी दिएका छन् । 

मन्त्रिपरिषद्को निर्णयका आधारमा पछिल्लो दुई वर्ष मन्त्री बनेका बाहेक प्रतिनिधि सभा र राष्ट्रिय सभाका ३१० सांसद र तीनका पीएलाई दशैं भत्ता वितरण गरिएको थियो । 

२०७६ भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयका आधारमा सांसदलाई पहिलोपटक दशैं भत्ता बाँडिएको थियो । केन्द्रको सिको गर्दै प्रदेश सभाले पनि सांसदहरूलाई दशैं भत्ता बाँड्न शुरू गरेको थियो । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित