फ्रान्समा पादरीहरूले २ लाख बढी बालबालिकाको यौन शोषण गरेको खुलासा

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १२० पटक पढिएको

 

फ्रान्सेली पादरीहरूले विगत ७० वर्षमा २ लाख भन्दा बढी बालबालिकाको यौन शोषण गरेका एक प्रतिवेदन  सार्वजनिक भएको छ । सन् १९५० देखि २०२० सम्म क्याथोलिक चर्चका पादरीहरू द्वारा करिब २ लाख १६ हजार नाबालिगहरु यौन हिंशाको शिकार भएका हुन् । 

मंगलबार एक स्वतन्त्र आयोगले जारी गरेको अनुसन्धानले क्याथोलिक चर्चले लामो समयसम्म ‘कोलाहल’ प्रति आँखा बन्द गरेको जनाएको छ । आयोगका प्रमुख जीन-मार्क साउभले  "वर्षौंदेखि गहिरो, पूर्ण र क्रूर उदासीनता" देखाएको र चर्चले आफैंलाई बचाउने काम गरेको बताएका छन् ।

पीडित मध्ये धेरैजसो  १० देखि १३ बर्षको केटाहरु रहेको उनको भनाई छ ।

फ्रेन्च नेशनल इन्स्टिच्युट अफ हेल्थ एण्ड मेडिकल रिसर्चद्वारा आयोगका लागि गरेको सर्वेक्षणबाट पीडितहरुको संख्या संकलन गरिएको थियो । उक्त इन्स्टिच्यूटले मतदान एजेन्सी आईएफओपीको सहयोगमा उक्त सर्वेक्षण गरेको जनाएको छ । यसका लागि २०२० को नोभेम्बरदेखि २०२१ को जनवरीसम्म १८ वर्षमाथिका २८ हजार व्यक्तिबाट नमुना संकलन गरिएको थियो ।

आयोगका अध्यक्ष साउभका अनुसार त्यस अवधिमा २९ सयदेखि ३२ सय पादरीहरुले विभिन्न चर्चहरुमा पादरीको रुपमा काम गरेका थिए । उनले क्याथोलिक चर्चभित्र बालबालिकाहरु बढी मात्रामा शोषित हुने जोमिख रहेको रिपोर्टले औंल्याएको बताएको छ । आयोग आफैंले २७ सय पीडितलाई गवाहीको लागी बोलाएर पहिचान गरिसकेको र हजारौं अरु अभिलेखालयमा भेटिएको जनाएको छ ।

चर्च लाई समाज संग विश्वास को पुनर्निर्माण को लागी ती मुद्दाहरु लाई सम्पर्क गर्ने तरीका मा सुधार गर्न आवश्यक रहेको उनको भनाई छ ।

आयोगले प्रतिवेदन न्यायिक अधिकारीहरुलाई पठाइएको सुनिश्चित गर्दै चर्चले त्यसको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने बताएको छ । 

तस्बिर: रोयटर्स 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित