सुन तस्करी र हत्या प्रकरण : ६ जनालाई जन्मकैदको फैसला

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ३९७ पटक पढिएको

 

 

३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङले ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले उक्त प्रकरणमा संलग्‍न ६ जनालाई जन्मकैद, १ जनलाई तीन वर्ष र १ जनलाई ६ महिनाको कैद सजाय सुनाएको हो । 

अदालतले मुख्य अभियुक्त गोरे भनिने चूडामणि टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई कर्तव्य ज्यानको कसुरमा आज जन्मकैदको फैसला सुनाएको हो । सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी गोरेलाई अपहरण तथा शरीर बन्धकमा पनि सजाय गरिएको छ। 

अदालतका अनुसार मुद्दाका ७७ जना अभियुक्त मध्ये उच्च प्रहरी अधिकारीसहित ४८ जनाले सफाइ पाएका छन् भने २१ जना अहिले पनि फरार छन् ।

गोरेको समूहले दुबईबाट तस्करी गरेर २०७४ साल माघ ९ गते काठमाडौं ल्याएको साढे ३३ किलो सुन त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकाल्ने क्रममा गायब बनाइएको अनुसन्धानबाट खुलेको थियो । सुन गायब बनाएको आरोपमा गोरेसहित उनको समूहले २०७४ साल फागुन १८ गते करेन्ट लगाएर यातना दिँदै मोरङको उर्लाबारी नगरपालिका–१ का सनमको हत्या गरेको थियो । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित