किसानहरुको प्रदर्शनमा झडप हुँदा भारतमा आठ जनाको मृत्यु

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १२९ पटक पढिएको

भारतको उत्तर प्रदेशमा सरकारले ल्याएको कृषि कानुन विरुद्धको आन्दोलनमा झडप हुँदा आठ जनाको मृत्यु भएको छ । गृह मामिला मन्त्री अजय मिश्राका छोरा आशिष मिश्रले धर्नामा बसेका किसानहरूमाथि कार कुदाएपछि चार जनाको मृत्यु भएको थियो । सोहि हिंसा भड्किँदा थप चार जनाको मृत्यु भएको बिबिसीले जनाएको छ । 

मृत्यु हुनेमा चार जना किसान दुई बीजेपि कार्यकर्ता र दुई ड्राइभर रहेको बिबिसी हिन्दीले जनाएको हो ।  

आइतबार गृह मामिला मन्त्री अजय मिश्रा र राज्य को उपमुख्यमन्त्री केशव प्रसाद मौर्यको लखीमपुर खेरी जिल्लाको भ्रमण विरुद्द किसानहरु प्रदर्शनको लागी भेला भएका थिए । किसानहरुले मन्त्रिको बाटो रोक्नेक्रममा उक्त घटना भएको बताईएको छ। लखिमपुरमा इन्टरनेट सेवा समेत बन्द गरिएको छ ।

मृतक किसानहरुको शवलाई राखेर किसानहरुले प्रर्दशन गरिरहेको जनाईएको छ । किसान संगठन र प्रशासन बीच ४ वटा सम्झौता हुने बताईएको छ। जसमा मृतकको परिवारलाई जागिर , ८ दिनमा आरोपितलाई पक्राउ ,मृतकको परिवारलाई ४५– ४५ लाख र घाइतेहरुलाई १० – १० लाख दिने बताईएको छ । बिबिसीका अनुसार घटना स्थलमा किसान र जिल्ला प्रशासन बिच वार्ता भइरहेको छ । 

 

तस्बिर : एएनआई 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित