यातायात व्यवसायीहरुको आन्दोलन : यात्रु अलपत्र
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १४८ पटक पढिएको
भाडा समायोजनको माग राख्दै यातायात व्यवसायीले काठमाण्डूमा गाडीहरु तेर्स्याएर आन्दोलन गरेका छन् । छोटो दूरीको भाडा बढाउनु पर्ने माग गर्दै यातायात व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।
कार्यालय समयमा व्यवसायीले सडकमा गाडी तेर्स्याएपछि यात्रुलाई सास्ती भएको छ भने काठमाडौं उपत्यकाको सवारी अस्तव्यस्त बनेको छ । काठमाण्डूको चावहिलमा आ–आफ्नो सवारी साधनमा चढेका यात्रुलाई ओरालेर चालकहरूले रित्तै गाडी गुडाएका छन् । अचानक उनीहरूले गरेको आन्दोलनको मारमा यात्रु परेका छन् ।
सरकारले यसअघि बढाएको भाडादर समायोजन नगरेको भन्दै आन्दोलनमा उत्रनु परेको यातायात व्यवसायीहरुको भनाई छ । व्यवसायी आफैंले भाडा वृद्धि गरेर १५ रुपैयाँ लिँदै आएको रुटमा २० रुपैयाँ, २० रुपैयाँ लिँदै आएको रुटमा २८ रुपैयाँ र यसअघि २५ लिने गरेको रुटमा ३५ रुपैयाँ निर्धारण गरेपछि ट्राफिक प्रहरी महाशाखाले जरिवाना गर्न थालेको थियो ।