ताइवानको हवाई प्रतिरक्षा क्षेत्रमा ३८ वटा चिनियाँ जहाज एकै चोटी प्रवेश

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २५९ पटक पढिएको

 

ताइवानले ३८ वटा चिनियाँ जहाज आफ्नो हवाई प्रतिरक्षा क्षेत्रमा प्रवेश गरेको बताएको छ । शुक्रवार भएको यो घटना बेइजिङको अहिलेसम्मकै ठूलो घुसपैठ समेत भनिएको छ । ताइवानको रक्षा मन्त्रालयले परमाणु बम खसाल्ने क्षमता सहितका विमानहरू "एअर डिफेन्स आइडेन्टीफिकेसन जोन" भनिने आफ्नो हवाई प्रतिरक्षा पहिचान क्षेत्र भित्र दुई चरणमा प्रवेश गरेको जनाएको हो ।

ताइवानको रक्षा मन्त्रालयले वक्तव्य मार्फत २५ चिनियाँ पिपुल्स लिवरेसन आर्मीका विमानहरू आफ्नो दक्षिण पश्चिमी हवाई प्रतिरक्षा पहिचान प्रणालीमा प्रतास टापुमाथि दिउँसै प्रवेश गरेको जनाएको हो । त्यस लगत्तै शुक्रवार साँझ ३१ वटा थप विमानहरू त्यही क्षेत्रमा प्रवेश गरेका थिए । उनीहरू ताइवान र फिलिपिन्सको समुद्रमाथि उडेका जनाएका छन् ।

ताइवानका अनुसार चार वटा परमाणु हतियार बोक्ने क्षमताका एच-६ बमवारि गर्ने विमानहरू थिए भने एउटा पनडुब्बीमाथि आक्रमण गर्ने क्षमता राख्ने विमान थियो ।

चीनले प्रजातान्त्रिक अभ्यास गरिरहेको ताइवानलाई आफ्नो प्रान्तको रूपमा हेर्ने गरेको छ भने ताइवानले आफूलाई छुट्टै सार्वभौम देश ठान्छ । ताइवानले विगत एक वर्ष यता चिनियाँ वायु सेनाले आफ्नो टापु नजिकै यस्ता मिसनहरू सञ्चालन गरिरहेको बताउँदै आएको बीबीसी जनाएको छ।

गत महिना मात्रै चीनले १९ वटा र जुन महिनामा १८ वटा विमानहरू ताइवानको प्रतिरक्षा प्रणाली क्षेत्रमा पठाएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित