काठमाडौं जिल्लामा नगर अधिवेशन सम्पन्न

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २६२ पटक पढिएको

 

काठमाडौं जिल्लामा नगर अधिवेशन सम्पन्न भएको छ । सर्वसम्मत पदाधिकारी चयन नभएका काठमाडौंका १० नगरपालिकामा शनिबार निर्वाचन भएको हो ।

चन्द्रागिरी नगरपालिकामा काँग्रेसले वर्तमान नगरसभापति घनश्याम गिरीलाई नै नेतृत्वमा राखेका छन् । त्यसैगरि दक्षिणकाली नगरपालिकाको वडा- २ मा अधिवेशन हुन बाँकी रहेकाले उक्त नगरमा भने निर्वाचन हुन सकेन ।

त्यसबाहेकका नगरहरुमा सम्पन्न निर्वाचनको नतिजाहरु आइरहेका छन् । 

जसमा ६ भन्दा बढी नगरपालिकाका लागि भएका निर्वाचनको मत परिणाम आइसकेका छन । काठमाडौं नगर अधिवेशनमा नयाँ निर्वाचित पदाधिकारीहरुमा गोकर्णेश्वरबाट सभापति पदमा कुमार लामा र उपसभापतिद्वयमा वटुकृष्ण ढुङ्गेल र विकास श्रेष्ठ निर्वाचित भएका छन् । 

शङ्खरापुरबाट सभापतिमा दिलीपकुमार श्रेष्ठ र उपसभापतिद्वयमा मिलन खड्का र अमित प्रधान निर्वाचित भएका छन् । कागेश्वरी–मनहरा नगरपालिकाबाट सभापतिमा उद्धव दाहाल निर्वाचित भएका छन् । तारकेश्वर नगरपालिकाबाट सभापतिमा कृष्णहरि महर्जन र उपसभापतिद्वयमा नवराज अर्याल र जमुना तिमिल्सिना निर्वाचित भएका छन् । 

बूढानीलकण्ठ नगरपालिकाबाट सभापतिमा राजाराम बुढाथोकी र उपसभापतिद्वयमा सानुकान्छा श्रेष्ठ र शम्भु कार्की निर्वाचित भएका छन् । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित