अमेरिकाको विभिन्न राज्यमा गर्भपतन अधिकार माग गर्दै प्रदर्शन

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २०० पटक पढिएको

गर्भपतन अधिकारको समर्थनमा अमेरिकाका ५० वटै राज्यमा दशौँ हजारले प्रदर्शन गरेका छन् ।  गर्भपतन स्वैच्छिक अधिकार हुनुपर्ने पक्षधरहरूले आफूहरूको संवैधानिक अधिकार खोसिने चिन्ता व्यक्त गरेका छन् । टेक्सस राज्यको नयाँ कानुनले गर्भपतनको सेवासम्म पहुँचमा कडाइ गरेको विरोधमा अमेरिकामा महिलाहरू प्रदर्शनमा जुटेका हुन् ।

‘गर्भपतनलाई कानुनी मान्यता’ भन्नेजस्ता नारा र सङ्केतहरू सहित प्रदर्शनकारीहरूले राजधानी वासिङ्टन डीसीमा रहेको सर्वोच्च अदालत अगाडी ‘मार्च पास’ गरेका थिए । अमेरिकाको सर्वोच्च अदालतले आगामी महिनाहरूमा गर्ने सुनुवाइले ‘रो भि वेड’ भनिने गर्भपतनलाई कानुनी मान्यता दिने सन् १९७३ को आदेश उल्टाउन सक्ने चिन्ता व्यक्त गरिएको छ । 

गत सेप्टेम्बर १ मा टेक्ससका विधायकहरूले गर्भपतन विरुद्धका अभियानकर्मीले भन्दै आएको भ्रूणको मुटुको धड्कन सुरु हुन थालेपछि गर्भपतन गर्न नपाइने कानुन बनाएका थिए । हार्टविट एक्ट भनिएको नयाँ कानुनले छ हप्ता पछिको गर्भपतनमा संलग्न चिकित्सकमाथि मुद्दा चलाउन सक्ने अधिकार जोसुकै व्यक्तिलाई दिएको छ । तर महिलाहरूले त्यो समयसम्म महिलाहरूलाई आफू गर्भवती भए वा नभएको थाहा नै नहुने बताउँदै आएका बिबिसी जनाएको छ ।

 

तस्बिर: रोयटर्स 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित