विद्युत प्राधिकरणले पोल भाडा नतिर्ने इन्टरनेटको तार काटिदै

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १९८ पटक पढिएको

 

नेपाल विद्युत प्राधिकरणले पोल भाडा नतिरेको भन्दै देशका विभिन्न ठाउँमा इन्टरनेट सेवा प्रदायकका तार काट्न सुरु गरेको छ । प्राधिकरणले शनिबार देशका विभिन्न ठाउँबाट केबल काट्ने काम अघि बढाएको हो ।  साउनदेखि बढाइएको पोल भाडा असोज १५ गते अर्थात हिजोसम्म नतिरेमा तार काट्ने चेतावनी प्राधिकरणले दिएको थियो । 

शनिबार कम्तीमा प्रत्येक इन्टरनेट सेवा प्रदायकको एउटा वितरण लाइन काटिएको जानकारी दिएको छ । 

प्राधिकरणले काठमाडाैँको कीर्तिपुर, ललितपुरको इमाडोल, चितवनको भरतपुर, रुपन्देहीको मणिग्राम, मोरङको विराटनगर, कैलालीको धनगढी, ताप्लेजुङ, लगायतका क्षेत्रमा केहि तार काटेका छन् ।

अझै पनि सेवा प्रदायकले अटेरी गरेमा आफ्नो पोल प्रयोग गर्ने सबैको तार काट्ने प्राधिकरणले चेतावनी दिएको छ । सेवा प्रदायकले भने प्राधिकरणले पोल भाडा चर्को गरी बढाएको भन्दै इन्टरनेटको शुल्क बढाउने घोषणा गरिसकेका छन् । 

यता इन्टरनेट सेवा प्रदायक सङ्घ, नेपाल (आइस्पान)ले भने प्राधिकरणले गैरकानुनी रूपमा जिल्लाभर नै इन्टरनेट अवरुद्ध हुने गरी केबल काटिएको जनाएको छ ।

प्राधिकरणले पछिल्लो १५ दिनमा दुई पटक सूचना प्रकाशित गरी पोल ओपीजी डब्लू केबलका लागि पोलभाडा नवीकरण गर्न सूचना जारी गरेको थियो । तर पोलभाडा एकतर्फी रूपमा बढाइएको भन्दै निजी इन्टरनेट सेवा प्रदायकले उक्त मूल्यमा नवीकरण गर्न नसकिने भन्दै नवीकरण गरेका छैनन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित