एमालेको विधान महाधिवेशनको दोस्रो दिन छलफलमै सिमित

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २३९ पटक पढिएको

 

काठमाण्डूमा जारी नेकपा एमालेको विधान महाधिवेशनको दोस्रो दिन शनिबार प्रस्तुत तीन वटा प्रतिवेदनमाथि समूहगत छलफल भएको छ । आज प्रतिवेदनहरुमा छलफल मात्र हुने र त्यसको निष्कर्ष भोलि हुने भएको हो ।  हिजो सुरु भएको नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा प्रस्तुत कार्यपत्रमाथि छलफल गर्न एमालेले ६ हजार भन्दा धेरै प्रतिनिधिलाई १० समूहमा विभाजन गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल भइरहेको छ । 

दश वटा समूहलाई सहजीकरण गर्न २० जना नेतालाई जिम्मेवारी दिइएको जनाईएको छ । 

जसमा प्रदेश १ -सुवास नेम्वाङ र भीम आचार्य

प्रदेश २ – सत्यनारायण मण्डल र रघुवीर महासेठ

बागमती प्रदेश -अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा बादल

गण्डकी प्रदेश -पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ

लुम्बिनी प्रदेश – विष्णु पौडेल र शंकर पोखरेल

कर्णाली प्रदेश -युवराज ज्ञवाली र यामलाल कँडेल

सुदूरपश्चिम प्रदेश -भीम रावल र लेखराज भट्ट

समूहगत छलफल सकिएपछि फेरि पूर्ण बैठक बस्ने र बैठकमा समूहको निष्कर्ष सुनाइने बताईएको छ। समूहको निष्कर्षपछि आइतबार महाधिवेशन समापन हुनेछ । एमालेले पहिलो पटक पार्टीको नीति र विधि निर्माणका लागि छुट्टै विधान महाधिवेशनको आयोजना गरेको हो । एमालेको १० औं राष्ट्रिय महाधिवेशन भने मंसिर दोस्रो साता हुने जनाईएको छ। जसले पार्टीको नेतृत्व समेत चयन गर्ने बताईएको छ ।

""

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित