भारतीय सवारी साधन आज देखि नेपाल प्रवेश गर्न पाउने
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ४२८ पटक पढिएको

कोरोना महामारीका कारण २०७६ चैत्र १० गतेदेखि प्रतिबन्ध लगाएको भारतीय नम्बर प्लेटको गाडीलाई मन्त्रिपरिषद्को निर्णयपछि शुक्रबारदेखि नेपालमा प्रवेश दिइएको छ । आज देखि यात्रु बोकेका वा नबोकेका भारतीय निजी सवारी साधन नेपाल आउन सक्ने भएका हुन् ।
यात्रुहरुले नेपाल प्रवेश गर्दा भने सरकारले तोकेको सावधानी शर्त अनिवार्य पालना गर्नुपर्ने छ । यस्तै ७२ घण्टा अघिको पीसीआर नेगेटिभको रिर्पोट वा एन्टिजेन परीक्षण रिपोर्ट नेगेटिभ हुनुपर्ने शर्त छ ।
दुई देशबीचको सहमति अनुसार सीमाबाट नजिकको बजारसम्म पहुँच सुविधाअनुसार र त्योभन्दा टाढा भए भन्सार काटेर भारतीय गाडी यात्रुसहित मेचीनगर भन्सारले जनाएका छन । यस्तै रुपन्देहीको भैरहवा भन्सार कार्यालयले पनि नाका खुलाएको जनाएको छ ।
बढीमा ७ दिनका लागि एक पटकमा कारको लागि पाँच सय, मोटरसाइकलको लागि १५० र टेलरसहितको ट्याक्टरका लागि ७५० रुपैयाँ भन्सार काट्नु पर्ने भन्सार कार्यालयले जनाएको छ ।
भारतले २२ अक्टोबर २०२० बाटनै सीमा नाका खोले पनि भारतीय सवारी साधन आवागमनमा रोक लगाएको थियो ।